धनगढी, २४ भदौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फूलबारी, कैलालीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखाबाट सञ्चालित कार्यक्रम, श्री रचना देबि सिंहको अध्यक्षता तथा क्षेत्रीय कार्यालय अत्तरियाका क्षेत्रीय प्रबन्धक श्री नवराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले लघुबित्तबाट पाउने सेवा, सुविधा तथा कुनै पनि व्यवसाय गर्दा हुन सक्ने जोखीमहरुबाट कसरी बच्ने, कर्जा कसरी उपभोग गर्ने, पारिवारिक बजेट बनाई पैसा खर्च गर्ने, कर्जा उपयोग गरिसकेपछि व्यावसायिक उद्यमी बन्न सकिन्छ भन्ने लगायतका विषयमा प्रशिक्षण गराउनु भएको थियोे ।
यस्तै कार्यक्रममा विशेष अतिथि शाखा कार्यालय फूलबारी शाखाका प्रमुख श्री हरी प्रसाद जोशीले शाखा कार्यालयले हालसम्म प्रदान गरेका वित्तीय तथा गैर वित्तीय सेवाका बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रममा संस्थाका कर्मचारी र बचतकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शाखा कार्यालय फूलबारीका लेखापाल श्री नरेश बोहोराले गर्नुभएको थियो भने स्वागत मन्तव्य शाखाका कर्मचारी श्री शेरबहादुर बिष्टले गर्नुभएको थियो ।
कार्यक्रम धनगढी उपमहानगरपालिका-१८, फूलबारीको एभरेस्ट होटल एण्ड लजमा सम्पन्न भएको हो ।