जाडो मौसममा धेरै मानिसमा छाला सुख्खा हुने समस्या हुन्छ । जाडो मौसम छालाका लागि उपयुक्त मौसम होइन । त्यसैले जाडोको समयमा छालाको विशेष केयर गर्नुपर्छ । चिसोका कारण ओठ, मुख र शरीर सुख्खा हुन्छ । सुख्खा छालामा छालासम्बन्धि रोगहरु बल्झिन्छ ।
हाम्रो शरीरिको तापक्रम भन्दा बाहिरी वातावरणको तापक्रम कम भएका वातावरणले शरीरको ताप तान्न थाल्छ । जसले गर्दा हाम्रो शरीरबाट बानीको मात्रा कम हुन्छ र छाला सुख्खा हुने समस्या देखिन्छ । चिसोको समयमा विशेषगरी आनुहार हात खुट्टा लगायत कपडा प्रयोग नभएको भागको छाला सुख्खा हुन्छ ।
छाला शरिरको बाहिरी अङ्ग वा शरिरको आवरण हो।तसर्थ छाला सफा,राम्रो र मुलायम हुदा शरिर आकर्षक र सुन्दर देखिन्छ। मानिसको सौन्दर्य सबैभन्दा पहिले छालामा देखिन्छ,सुन्दर देखिनुमा छालाको महत्त्वपुर्ण भुमिका हुन्छ ।
गर्मि तथा जाडो मौसमले पनि छालामा धेरै प्रभाव पारिरहेको हुन्छ,त्यसैले चिसो होस वा तातो हामिले छालाको सधै ख्याल गर्नु पर्दछ।
छालामा सिधै घामको प्रकाश पर्दा छालामा कस्तो असर पर्छ भनेर बुझ्न आवश्यक छ किनकि हामी जाडो भयो भन्दै घाममा बस्न हतार गर्छौ। जाडो छ्ल्न घाममा धेरै बस्दा छालामा समस्या देखिन्छ।
त्यस्तै जाडोमा चिसो भयो भन्दै पानी कम पिउने समस्या त झनै बिकराल छ। घाम मा धेरै बस्दा अथवा पानी कम पिउदा छालामा चाया पोतो बढ्ने,छाला सुख्खा भएर फुस्रो देखिने हुन सक्छ ।
•चिसो मौसममा छाला सुख्खा भइ देखिने समस्याबाट बच्न छालामा मोइस्चराइजरको प्रयोग गर्नु पर्दछ।
छालालाइ सुख्खा हुनबाट जोगाउने उपाय:
•३०-४०° को तातोपानीमा नुहाउनु पर्दछ।
•नुहाउदा सावुन वा स्याम्पु लामो समय सम्म छालामा राख्नु हुदैन।जसले गर्दा छाला अझै फुस्रो हुनबाट बच्न सक्छ।
•नुहाइ सकेपछि छालामा नरिवलको तेल वा अन्य moisturise cream हरुको पनि प्रयोग गर्न सकिन्छ।
•छाला फुस्रो हुनबाट बचाउन भित्री वस्त्रहरु सुतिको प्रयोग गर्न सकिन्छ।
•झोलिलो कुरा तथा पानी मनतातो बनाएर प्रशस्त मात्रामा पिउने।
•प्रोटिनयुक्त खानेकुराहरु धेरै खाने तथा कार्बोहाइट्रेड युक्त खाने कुरा कम खाने।
स्वास्थ्यकर्मी
बसुन्धरा दुवाडी (star shine)
चितवन