सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या, एक जना पक्राउ

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, १९ कात्तिक। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा साहले पारेको प्रहरीले बताएको छ । त्यसपछि संवेदनशील अंगहरू देखाउन लगाई नांगो तस्विर/भिडियोको स्किृनसर्ट गरेका थिए । उक्त तस्बिरहरु फेक फेसबुक एकाउन्ट बनाई अपलोड गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका साहविरुद्ध साइबर अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
Onlinekhabar