रूपन्देही आसपासका जिल्लामा भारी वर्षा छ।
पछिल्लो १२ घन्टामा त्यहाँ १३९.६ मिलिमिटर वर्षा मापन भएको छ।
रूपन्देहीमा अहिले पनि वर्षा भइरहेकाले तिनाउ नदीको जलसतह बढ्ने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्र आसपास उच्च सतर्कता अपनाउन भनेको छ।
यस्तै कञ्चनपुरको शान्तिपुर बेलौरी क्षेत्रमा पनि भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १२६.२ वर्षा मापन भएको छ।
वर्षाका कारण महाकाली नदीको बहाव बढ्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्क रहन भनिएको छ।