प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा फाइनलको स्थान बनाइसकेको विभागीय टोली नेपाल पुलिस क्लवले सुदूरपश्चिमलाई १९९ रनको लक्ष्य दिएको छ ।
आज मुलपानी क्रीकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै १९८ रन बनाएको हो ।
पुलिसले ओपनरद्वय दिलिप नाथ र कुशल भुर्तेललाई क्रमस व्यक्तिगत ६ र ५ रनमा गुमाउदा मिडिल अडरका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे । पुलिसका लागि शंकर रानाले सर्वाधिक ४६ रन बनाए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरी ४४ रनको योगदान गरे । अर्जुन साउदले ३२ रनको योगदान गर्दा आरिफ शेखले २६ रनको योगदान गरे । सागर ढकाल ७ रनमा अविजित रहे ।
सुदूरपश्चिमका लागि शेर मल्लले ३ विकेट लिए । त्यस्तै नारायण जोशी, विकाश आग्री र मिलन बोहराले समान २/२ विकेट लिए भने दिपक चन्दले १ विकेट लिएका हुन् ।