काठमाडौँ, १७ साउन । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्न चार घण्टा सेवा बन्द हुने जनाएको छ । बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको हो ।
अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने जनाएको छ ।