९ मन्त्री नियुक्त हुँदै, यी हुन् पहिलो चरणका बालेन सारथि

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, १३ चैत । फागुन २१ को निर्वाचनमा दुई तिहाइ बहुमत (१८४) १८२ सिट ल्याएर वरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री बालेनले पहिलो चरणमा ९ जनालाई मन्त्री नियुक्त गर्ने सहमति रास्वपा शीर्ष नेतृत्वबीच जुटेकाे छ।

बालेन शाह प्रधानमन्त्री हुँदा डीपी अर्याल सभामुख बन्ने निर्णय भएको छ।

यस्तै, स्वर्णिम वाग्ले अर्थमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुदन गुरुङ गृहमन्त्री, प्रतिभा रावल सामान्य प्रशासनमन्त्री, गणेश पौडेल पर्यटनमन्त्री, अमरेश सिंह उद्योगमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार मन्त्री, गीता चौधरी कृषिमन्त्री बन्ने निश्चित भएको छ।

प्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुले आजै शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिँदै छन्।
CapitalNepal

प्रतिक्रिया

FaceBook Comment Plugins