धनगढी, २० चैत । कैलालीको धनगढीका एक युवक चरेश र लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीबाट ११० मिलिग्राम लागूऔषध खैरो हेरोईन र ६९० मिलिग्राम चरेशसहित सोही ठाउँ बस्ने २१ वर्षीय अर्जुन नाथ योगीलाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा योगीको साथबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया
FaceBook Comment Plugins