धनगढी, १४ चैत । प्रमुख प्रतिपक्षी दल केपि शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमालेले देशभरि आन्दोलन गर्ने घोषणा गरेको छ । पार्टीले यसलाई “राजनीतिक प्रतिशोध” भन्दै तत्काल रिहाइको माग गरेको छ ।
उता सरकारका गृहमन्त्रीले भने कानूनअनुसार प्रक्रिया अघि बढाइएको दाबी गर्दै अनुसन्धानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । उनले भने, “कानून सबैका लागि समान हुन्छ, कसैले पनि कानूनभन्दा माथि हुन सक्दैन ।”
एमालेले आन्दोलनका विस्तृत कार्यक्रम छिट्टै सार्वजनिक गर्ने जनाएको छ भने सर्वसाधारणलाई शान्तिपूर्ण रूपमा सहभागी हुन आह्वान गरेको छ ।

प्रतिक्रिया
FaceBook Comment Plugins