छुवाछुतविरुद्ध लडेकी दलित अधिकारकर्मी सरस्वतीले जब अमेरिकाको प्रतिष्ठित अवार्ड जितिन्

सुमन श्रेष्ठ

एकदिन सरस्वती नेपाली (३८) को मोबाइलमा ल्याण्डलाइनबाट नयाँ नम्बरको फोन आयो। दुविधा हुँदाहुँदै पनि उनले फोन उठाइन्। फोन थियो- अमेरिकन दूतावासको। दूतावासले उनलाई बधाई दियो, ‘अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन अवार्ड’का लागि नेपालबाट तपाईं सम्मानित हुनु भएकोमा बधाई छ!’आश्चर्यमा परिन् सरस्वती। उनी अलमलिइन्। केको बधाई भन्न पनि मेसो पाइनन्। ‘काठमाडौंस्थित अमेरिकी दूतावासले नै बधाई दिँदा एकछिन त सपनाजस्तो लागेको थियो’, उनले ती दिन सम्झिइन्।

advertisement

दूता‍वासले धन्यवाद भनेपछि सुदूरपश्चिम बैतडी जिल्लाको दशरथचन्द नगरपालिका-४ धेरै टाढा रहेनछ भन्ने उनलाई लाग्याे।

केन्द्रसँग सधैं-सधैं टाढा भएको बैतडीमा बसेर समाजका लागि प्रभावकारी काम गर्ने मानिस संसारको आँखा पर्दोरहेछ भन्ने अनुभव सुनाउँछिन् सरस्वती। यतिखेर जिम्मेवारी बोधको अनुवभ गरेको बताउँछिन् उनी। भन्छिन्, ‘समाज परिवर्तनका लागि जहाँ बसेर पनि प्रभावकारी काम गर्न सके सबैको ध्यान तानिँदोरहेछ भन्ने अनुभूति भइरहेको छ।’

advertisement

२०५३ सालदेखि दलित आन्दोलनमा सरस्वती जोडिएकी थिइन्। उनको नेतृत्वदायी ऊर्जावान बोली सुनेर मान्छेहरू हेरिरहन्थे उनलाई। एसएलसी दिएर रिजल्टको प्रतीक्षामा बस्ने क्रममा बैतडीका दलित अभियन्ताहरू पुरनसिंह दयाल, किरण दयाल, नरेश विकहरूको संगत गरिन्। उनीहरूसँग नियमितजस्तो विभिन्न सामाजिक गतिविधि र दलित आन्दोलनमा सहभागी भइन्। भन्छिन्, ‘चिया खाएर गिलास धुनुपर्थ्याे। तर चियाको पैसा दिएर सिसाकाे गिलास फुटाएर हिँडिन्थ्यो, त्यस्तो आक्रोशका साथ लागिएको थियो।’

गरिब विकासोन्मुख देश नेपालको सूदुरपश्चिमको पहाडी गाउँ विगट बस्तीकी अभियन्ता अधिकारकर्मी दलित महिलालाई सम्मानित गर्न अमेरिकी डिपार्टमेन्ट अफ स्टेट तयार हुनु आफैंमा सानो कुरा थिएन। उनले पाएको यो अवसर सानो संघर्षले भने जुरेको होइन।

पचासको दशकमा सुदूरपश्चिम जातीय छुवाछुतले आक्रान्त थियो। (अहिले पनि छुवाछुत अन्त नभएको अवस्था छ) दलितहरू सार्वजनिक स्थल मन्दिर, धारा, उच्च जातले सञ्चालन गरेका मञ्चहरूमा पुग्न पाउँदैन थिए। यस्तो विभेदको विरुद्ध सुदूरपश्चिमका पढालेखा मानिसहरू विभिन्न संघसंस्थामार्फत् आवाज उठाउँथे। (अहिले पनि यो क्रम रोकिएको छैन) सरस्वती पनि यस्तै स्थानीय संस्थामार्फत् दलित आन्दोलन र अभियानहरूमा उपस्थित भइरहन्थिन्।

२०७५ सालयता ‘दलित समाज विकास मञ्च’ बैतडीको कार्यकारी अध्यक्षको रूपमा काम गर्दै आएकी सरस्वतीलाई बैतडीमा छुवाछुतको घटना घट्यो कि सम्झिन्छन्। महिला हिंसा भयो कि उनीसँग गुहार माग्न पुग्छन्। मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका मजदुरहरू साहुबाट ज्याला पाएनन् भने पनि उनलाई सम्झिन्छन्। र, दलित, हलिया, सुकम्बासीका मुद्दा प्रशासनमा दर्ता गर्नुपर्‍यो भने पनि सम्झिनेहरू छन् उनलाई।

बैतडीबासीले सम्झिरहने पात्र बनेकी सरस्वतीको संघर्ष भने पचासको दशकको सुरुवातीबाट हुन्छ। ‘मित्र संघ’ नामक एक संस्थामा उनी स्वयंसेवकको रूपमा काम गर्दै आएकी थिइन्। स्कुल घर पनि गर्थिन्।

सरस्वती सिनो बहिष्कारको समय भएको एक घटना सुनाउँछिन्, ‘यतिसम्म भयो कि कालो मान्छे देख्यो कि दलित भनेर जबरजस्ती सिनो लैजान र खान बल गर्थे। पिट्थे। यस्तैमा एकजना कालो वर्ण भएका गैरदलित परे। उनलाई जबरजस्ती सिनो लैजान, खान र खान नमाने मुखमा कोच्ने काम गरियो। पछि उनले सर्टभित्रको जनै निकालेर देखाएपछि बेचे।’

२०५३ सालदेखि दलित आन्दोलनमा सरस्वती जोडिएकी थिइन्। उनको नेतृत्वदायी ऊर्जावान बोली सुनेर मान्छेहरू हेरिरहन्थे उनलाई। एसएलसी दिएर रिजल्टको प्रतीक्षामा बस्ने क्रममा बैतडीका दलित अभियन्ताहरू पुरनसिंह दयाल, किरण दयाल, नरेश विकहरूको संगत गरिन्। उनीहरूसँग नियमितजस्तो विभिन्न सामाजिक गतिविधि र दलित आन्दोलनमा सहभागी भइन्। भन्छिन्, ‘चिया खाएर गिलास धुनुपर्थ्याे। तर चियाको पैसा दिएर सिसाकाे गिलास फुटाएर हिँडिन्थ्यो, त्यस्तो आक्रोशका साथ लागिएको थियो।’

बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिएकी सरस्वतीले सोही क्षेत्रमा रहेर दलित समुदायसँगै मानव अधिकारको लागि वकालत गर्दै आएकी छन्।

२०६४ सालमा डोटीको शैलेश्वरी मन्दिरमा प्रवेश गर्ने दलित अभियन्ताको आन्दोलन थियो। त्यो आन्दोलनमा सहभागी जनाउन उनी बैतडीबाट डोटी सिलगढी पुगिन्। राष्ट्रिय दलित नेटवर्क (आरडिएन) लगायतका सुदूरका धेरै संघसंस्था र अभियन्ताहरू थिए। त्यहाँ १७ दिनसम्म आन्दोलन भयो। सरकार पक्ष र अन्दोलनकारीबीच सहमति पनि भयो। मन्दिरभित्र पण्डित जहाँसम्म पुग्छन्, त्यहाँसम्म दलित पनि जान पाउनुपर्छ भन्दै मन्दिर प्रवेश गरेको त्यो दिन अझै सम्झना छ उनलाई।

‘शैलेश्वरी मन्दिरमा प्रवेश गरेपछि तल ‘पुन्ना’ भन्ने ठाउँमा रहेको कृष्ण मन्दिरमा पनि दलित प्रवेश गर्ने तयारी हुँदै थियो। अचानक गैरदलित समुदायको ठूलो जमातले दलित अभियन्ताहरूलाई लखेट्यो। ढुंगा-काठले हाने। भागाभाग भयो। कोही बाटैबाटो, कोही भिरैभिर हाम फालेर भागे । म पनि भाग्ने क्रममा आन्दोलन रोक्नेले हानेको ढुंगा लाग्यो। लडें। अहिले पनि लामो हिँडे भने तिघ्राको हड्डी दुख्छ। शैलेश्वरी मन्दिर प्रवेश गर्ने अभियन्तामा म पनि एक थिएँ। तर त्यो समय कसले सम्झिन्थ्यो र?’, उनले त्यो संघर्षको दिन सम्झिन्।

२१ वर्षकै उमेरमा दलित आन्दोलनमा लागेकी सरस्वतीलाई त्यो क्षण कसैले चिनेनन्। र, आफूलाई चिनाउँदै हिँडिनन् पनि उनले। त्यस्तै, अर्को आन्दोलनको बारेमा बताउँछिन् उनी। ०६४ सालमा नै हो- दलित अभिन्यताहरू मिलेर बैतडीको उदयदेव मन्दिरमा सिनो बहिष्कार आन्दोलन गरे, जसमा सरस्वतीको पनि उपस्थिति थियो।

०६४ असोज १ गते, बैतडीको उदयपुर मन्दिरमा दसैंको अवसरमा काटिएको राँगा दलितहरूले खानुपर्थ्याे। त्यो नखाए कारबाही गर्ने गर्थे गैरदलितहरूले। तर दलित अभियन्ताहरूले सिनो खाँदैनौं भनेर बहिष्कार गरे। दोहोरो भिडन्त भयो। दलितहरू पनि भागाभाग गरे। गैर-दलितहरू पनि भागाभाग गरे। कुटपिट भयो। गैरदलितहरूले दलितलाई छोप्दै राँगा काट्ने अचानोमा राखेर सिनो खान बाध्यसमेत पारेको उनलाई अहिले नै होजस्तो लाग्छ।

सरस्वती सिनो बहिष्कारको समय भएको एक घटना सुनाउँछिन्, ‘यतिसम्म भयो कि कालो मान्छे देख्यो कि दलित भनेर जबरजस्ती सिनो लैजान र खान बल गर्थे। पिट्थे। यस्तैमा एकजना कालो वर्ण भएका गैरदलित परे। उनलाई जबरजस्ती सिनो लैजान, खान र खान नमाने मुखमा कोच्ने काम गरियो। पछि उनले सर्टभित्रको जनै निकालेर देखाएपछि बेचे।’

‘एकदिन बजारमा गाईको मही किनेर सबैले खाइयो। उनीहरूले गिलास समाएर खाए। मैले पनि गिलास समाएरै खाएँ। साथीहरूको अनुहार अध्याँरो भयो। त्यो खाएर फर्किने बेला मेरो गैरदलित साथीहरू रिसाए। ११ कक्षा पढ्ने ती केटी साथीले भने, ‘तैले गिलास छोएर किन मही खाइस्? अब उसको गाईको दूध सुक्छ। उसको घरमा दूधकाे बास नहुन सक्छ। तैंले किन छोइस्? तैंले हात थापेर खानुपर्थ्याे। अथवा दलित भनेर मही पसलवालालाई बुझाउनु पर्थ्याे। यस्तै-यस्तै भनेर मलाई मही पेटमा राख्न दिएनन्। ओकल्ने बनाए। ती साथीहरू ६ महिनासम्म बोलेनन्। अलग बेन्चमा बसे’, उनले भनिन्।

सरस्वतीकै नेतृत्वमा उनले सिनो खान बाध्य पार्ने दुईजना शिक्षक र अर्का एक पण्डितलाई जिल्ला प्रहरी कार्यालय, बैतडीमा छुवाछुत विरुद्धको कसुरको मुद्दा दर्ता गरियाे। ‘पहिलोपटक सुदूरपश्चिमको बैतडीमा दलितमाथि भएको छुवाछुतको विरुद्ध मुद्दा दर्ता गरिएको थियो’, उनी भन्छिन्, ‘र, जिल्ला अदालतले दलितको पक्षमा फैसला गरेको थियो। दुईजना शिक्षकलाई तीन महिना कारागार राख्यो र कसूरवापत जरिवाना तिरे। एकजना त भागे, जो अहिलेसम्म पनि गाउँ फर्किन सकेका छैनन्।’

छुवाछुतविरुद्ध रातदिन नभनेर सरस्वती बैतडी जिल्लाका गाउँ-गाउँ पुगिन्। लडाइँ लडिन्। महिला हिंसाको घटना भयो कि दिदीबहिनीहरू उनीसँग न्याय दिलाइदिन अनुरोध गर्थे। तर स्थानीयले न उनलाई पत्यायो, न त स्थानीय पत्रपत्रिकाले उनको बारेमा लेख्यो। उनी भन्छिन्, ‘ती घटनाहरूमा म पनि थिएँ तर कहीं कतै नाम जोडिन्थेन। मनदेखि आन्दोलनमा लागिन्थ्यो तर कसैले मेरो नाम लिन्थेनन्। तर अभियानमा लाग्न छोडिएन। नामकाे पछि लाग्ने कुरा पनि त भएन नि।’

छुवाछुत कतिसम्म क्रुर भएर बसेको छ भन्ने उदाहरण दिन सरस्वती एक घटना सुनाउँछिन्। एकजना मानवअधिकारकर्मी दलितको विषयमा धनगढीबाट बैतडी पुगेका थिए। २०५८ सालमा बैतडी पुगेका अधिकारकर्मीले पसलमा बसेर चिया खान पाएनन्।

‘जातीय छुवाछुत अन्त गर्ने भनेर बैतडी पुगेका गैरदलित मान्छेलाई चिया दिएनन्’, उनी भन्छिन्, ‘पानीको धारा छुन दिएनन्। स्कुलमा पानी खान पनि समस्या थियो।’

सरस्वती कक्षा पाँच पढ्दातिरको कुरा हो। उनको घर नजिकैको जिल्ला प्रशासन कार्यालय थियो र छ, जहाँबाट केही मिनेट हिँडेपछि मन्दिर पुगिन्थ्यो। त्यो मन्दिर जाने बाटोमा दलित हिँडे भनेर पानीले बाटो नै पखालेको उनले देखिन्।

कक्षा पाँचबाट कक्षा ६ पढ्न उनी केही टाढाको स्कुलमा भर्ना भइन्। त्यहाँ पानी सारेर कसैले अलक्क हालिदिन्थ्यो र अँजुली थापेर पिउने गर्थिन् उनले। पानी हालिदिने कोही नभए दिनभरि तिर्खाएको घाँटी लिएर पढ्नुपर्थ्याे।

सरस्वतीसँग अर्को यस्तै घटनाको तीतो अनुभव छ। २०५८ सालतिर एसएलसी पास भएपछि कक्षा ११ भर्ना भइन्। प्लस टु पढ्दैगर्दा सँगै हुर्किएका गैरदलित साथीहरूसँग स्कुल-घर गर्थिन् उनी।

‘एकदिन बजारमा गाईको मही किनेर सबैले खाइयो। उनीहरूले गिलास समाएर खाए। मैले पनि गिलास समाएरै खाएँ। साथीहरूको अनुहार अध्याँरो भयो। त्यो खाएर फर्किने बेला मेरो गैरदलित साथीहरू रिसाए। ११ कक्षा पढ्ने ती केटी साथीले भने, ‘तैले गिलास छोएर किन मही खाइस्? अब उसको गाईको दूध सुक्छ। उसको घरमा दूधकाे बास नहुन सक्छ। तैंले किन छोइस्? तैंले हात थापेर खानुपर्थ्याे। अथवा दलित भनेर मही पसलवालालाई बुझाउनु पर्थ्याे। यस्तै-यस्तै भनेर मलाई मही पेटमा राख्न दिएनन्। ओकल्ने बनाए। ती साथीहरू ६ महिनासम्म बोलेनन्। अलग बेन्चमा बसे’, उनले भनिन्।

सरस्वतीको आमा अहिले ९० वर्षकी भइन्। उनकी आमा सत्तरी वर्ष हुँदासम्म आफूभन्दा साना गैर-दलितलाई ढोग्ने गरेको देखिन् उनले। स्कुलबाट फर्किँदा उनलाई आफ्नै गैर-दलित साथीका साना भाइबहिनीलाई ढोग्न लगाउँथे। उनी ढोग्न अस्विकार गर्थिन्। भन्छिन्, ‘ढोगेन भने आयु घट्छ भनेर डर देखाउँथे। अहिले मेरी आमाले ढोग गर्न छोडेको बीस वर्ष त भयो।’

कास्की पोखराबाट हजुरबाका बा बैतडी पुगेको कुरा आमाले भनेपछि थाहा पाएकी थिइन् सरस्वतीले। तर कहिल्यै कास्की पोखरा हो पहाडघर भनेर हिँडिनन्। पोखरेली लागेन उनलाई। भन्छिन्, ‘म बैतडी जन्मिएँ, हुर्किएँ। त्यसैले बैतडी भाषा बोल्छु तर मेरो आमा हजुरआमाले बैतडी बोल्नुहुन्थेन। हामी दसैं-तिहार मान्थ्यौं तर गौरा मनाउन मान्नु हुन्थेन आमा। अहिले लाग्छ बैतडीको परम्परागत समाज बदल्न पाउँदा बैतडीबासी हुनुको गर्व हुन्छ।’

जीवनमा सबै सोचेजस्तो हुँदैन। सरस्वतीले समाज बदल्न गरेको दिनरातको मेहनतलाई अहिले अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले सम्मान गरेको छ।

उमेरले तीन दशकको अन्ततिर हिँडिरहेकी उनी अविवाहित छिन्। भन्छिन्, ‘छुवाछुतका विरुद्ध आवाज उठाउँदा-उठाउँदै बिहे गर्न पनि बिर्सिएँ।’

सरस्वतीका अनुसार दलितले गरेको संघर्ष त केही होइन भन्ने बुझाइ गैरदलितको रहेको छ। यो विभेदकारी मानसिकताको उपज मान्छिन् उनी। २०६० सालमा पहिलोपटक हलियाको विषयमा पनि आन्दोलन गरिन् उनले। साहुका नाममा मुद्दा हालिन्। हलियाले लिनुपर्ने हिसाब-किताब साहुलाई जिल्ला प्रशासन झिकाएर असुल्नु परेको घटना उनलाई अहिले पनि ताजा छ।

एक स्थानीय राजनीतिकर्मीका अनुसार सरस्वती अहिले पनि स्थानीय सरकारले गर्ने कामभन्दा बढी गर्छिन्। सधैं ‘वाच डक’को भूमिका निर्वाह गरिरहेकी छन्। दलितहरूको सशक्तिकरण, शुद्ध खानेपानीको काम, महिला जीविकोपार्जनका लागि सीपमूलक काम गर्दै आएकी छन्। केही समयदेखि बाल विवाहको विरुद्धमा पनि काम गरिरहेकी छन्।

भन्छिन्, ‘नेपाल सरकारले त २०६५ सालमा हलियामुक्ति गराएको हो तर हामीले सुदूरपश्चिमको बैतडीमा २०६३ सालमै जातिय छुवाछुत मुक्त बैतडी र हलिया मुक्त समाज बनाउन खोजेका थियौं। तर त्यो प्रशासनले प्रभावकारी कार्यान्वयन गरिदिएन।’

सामाजिक कामसँगै सरस्वतीले राजनीतिलाई पनि अगाडि बढाएकी थिइन्। नेकपा एमालेबाट उनी २०७४ सालमा पहिलोपटक उपमेयरमा चुनाव लडिन्। त्यो बेला उनी साह्रै डराएकी थिइन्। त्यो डरको रहस्य उनले सुनाइन्, ‘मत गणनाको समय म धेरै डराएकी थिएँ। यत्रो सामाजिक काम गरेर बनाएको स्वच्छ छविलाई यदि मत गणनामा थोरै मत भयो भने अथवा सय भोट पनि आइदिएन भने कस्तो होला? के सोच्लान् मलाई माया गर्नेहरूले? यस्तै-यस्तै पीर परेको थियो। तर सोचेजस्तो भएन।’

सरस्वतीका अनुसार २०७४ को स्थानीय चुनावमा २ हजार नौ सय ९७ मत ल्याएकी थिइन् भने उनको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीना चन्दले ३ हजार ७ सय ३१ मत ल्याएर विजयी भएकी थिइन्। ७ सय ३४ मतले उनी पराजित भएकी थिइन्। त्यसपछि उनलाई लाग्यो दलित महिलाहरूलाई पनि मन पराउनेहरू छन्।

त्यसैगरी, २०७८ को स्थानीय चुनावमा पनि सरस्वती उपप्रमुखका लागि चुनाव लडिन्। तर ५ सय ५३ मतले पराजित हुनु परेको थियो। यो दुईपटकको हारपछि उनले बनाएको धारणा यस्तो छ, ‘समाज आज पनि दलित नेतालाई स्वीकार्ने तर नेतृत्व नस्विकार्ने रहेछन्।’

पार्टीले अवसर दिए नेता कार्यकर्ताले चिन्दैन। नेता कार्यकर्ताले चिने पार्टीका वरिष्ठ नेताले बुझ्दैनन् जस्तो लाग्छ उनलाई।

‘व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन। गणतन्त्र आयो, तीन तहको सरकार बनेको छ। केही हदसम्म परिवर्तन देखिए तापनि महिला, तथा दलितहरू पछाडि छन्। गाउँमा अझै पनि छुवाछुत छ। महिला हिंसा छ। विकास भएको छैन। चेतना आएको छैन’, सरस्वती भन्छिन्, ‘हिजो दलितलाई ‘तँ’ भन्ने गैर-दलितले ‘तिमी’ भन्न थालेका छन् बस यत्ति हो परिवर्तन। रूप फेरियो, प्रस्तुति फेरियो, तर स्वभाव फेरिन।’

एक स्थानीय राजनीतिकर्मीका अनुसार सरस्वती अहिले पनि स्थानीय सरकारले गर्ने कामभन्दा बढी गर्छिन्। सधैं ‘वाच डक’को भूमिका निर्वाह गरिरहेकी छन्। दलितहरूको सशक्तिकरण, शुद्ध खानेपानीको काम, महिला जीविकोपार्जनका लागि सीपमूलक काम गर्दै आएकी छन्। केही समयदेखि बाल विवाहको विरुद्धमा पनि काम गरिरहेकी छन्।

२०७५ मा ‘दर्नाल अवार्ड’ले सम्मानित भएकी सरस्वतीलाई सम्मान पाउँदा जिम्मेवारी बढ्ने विश्वास सुनाउँछिन्। किशोर उमेरमा उनलाई प्रहरीमा भर्ती हुन मन थियो। नभए नेपाल आर्मीमा जाने सोच थियो। तर उनका परिवारले छोरी मान्छे पुलिस-आर्मी हुने होइन भनेर हप्काए। परिवारको हप्की पाएपछि त्यो बाटोमा उनी हिँडिनन् तर अहिले सरस्वतीले बैतडी जिल्लाका दलित महिला तथा बालबालिकाका लागि पुलिस-आर्मीले गर्ने सेवाभन्दा कम गरेकी छैनन्।

अमेरिकी विदेश मन्त्रालयले सामाजिक न्यायको क्षेत्रमा पुर्‍याएकाे योगदानस्वरूप सम्मान पाएकी सरस्वती भन्छिन्, ‘यो अवार्ड मेरो मात्र नभएर सिंगो नेपाल र हाम्रो समुदायको हो। मसँगै सिंगो राष्ट्र खुसी भएको समयमा यो खुसी साट्ने मौका दिनुभएकोमा धन्यवाद!’