धनगढी, २२ बैशाख । विज्ञापन बोर्डको अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यस पदका लागि पूर्वअध्यक्ष लक्ष्मण हुमागाईंसहित कविता शर्मा, सुजन राजा श्रेष्ठ, अशोक कुमार घिमिरे, पदमराज जोशी र अनन्तकान्त मैनालीले आवेदन दिएका छन् ।
२०७७ मा नियुक्त भएका हुमागाईंको चार वर्षे कार्यकाल सकिएपछि सरकारले वैशाख ५ गते नयाँ अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो । अब यी ६ जना उम्मेदवारहरूले व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता दिनेछन् ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार मन्त्रिपरिषद्ले खुला प्रतिस्पर्धाको माध्यमबाट विज्ञापन बोर्डको अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अन्तर्गत स्थापित संस्था विज्ञापन बोर्डको प्रमुख काम विज्ञापनहरूको नियमन, मापदण्ड निर्धारण र विज्ञापन सम्बन्धी नीति निर्माण गर्ने रहेको छ ।
Mediakurakani बाट