धनगढी, ११ जेठ। कैलालीको धनगढी-१४ “एच” गाउँस्थित साईनाेचाेक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन् । रोइरहेको अवस्थामा सडक छेउकाे नालामा सालनाल सहित शिशु फेला परेका हुन् ।
स्थानीयले राेईरहेकाे अवस्थामा शिशुलाई देखेपछि ईलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए । शिशुलााई प्रहरीले सकुशल उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय बहुलियाका वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । शिशुलाई कोले जन्माएर बेवारिसे अवस्थामा छोड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको चन्दले बताए ।