जनताका घरघरमा पुग्दै माओवादी

सुमन श्रेष्ठ

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा नेकपा माओबादी केन्द्रले जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानलाई तिब्रता दिएको छ । अछामका दशवटै स्थानीय तहका सबै वडामा माओवादीका केन्द्रीय सदस्य,प्रदेश पदाधिकारी,प्रदेश सदस्य,लगायतका नेताकार्यकर्ता जनतासँग प्रत्यक्ष भेटघाट गरी अभियानलाई तिब्रता दिन थालेका हुन ।

advertisement

तीन महिने अभियानका क्रममा जनताका गुनासा सुन्ने ,समस्या समाधानका बिषय ,विकास निर्माणका कुरा र पार्टीको वडाकमिटी गठन ,जनसंगठन निर्माण,प्रशिक्षण,भेला छलफल गोष्टी लगायतका बिषयमा गहन छलफल गरी अघि बढ्ने गरेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अछाम जिल्ला इन्चार्ज ओमप्रकाश पुनले जानकारी दिए ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सिद्धराज भाटले अभियानको नेतृत्व गरेका छन । उनले गाउँपालिका स्तरीय बैठक सिद्धिएको, वडा कमिटीबाट रिपोटिङ्ख लिनेकाम भईरहेको बताए ।

advertisement

‘रामारोशनका ७ वडामा वडा कमिटी गठन गरि जनयुद्धका घाईते,अपाङ्ख,शहिद परिवारसँगको भेटघाट सम्पन्न भई अघाडी बढिरहेका छौँ’ उनले भने ‘जयगढ बान्नीगढी गाउँपालिका केही वडाहरुमा वडा कमिटी काम सिद्धिएको छ’ ।

अभियानको क्रममा जनतासँग प्रत्यक्ष भेटघाट गरी गुनासा सुन्ने कामहरु पनि भईरहेको उनले बताए । माओवादी बिग्रिसकेको भन्ने लागेको थियो तर फेरि तपाईहरु अभियान ल्यायर आउदा केही आशा पलाएको छ भन्ने जनताका कुरा सुन्न पाउदा आफु खुशि भएको उनको भनाइ छ । ‘जनताहरुका एउटै भनाइ आउने गरेका छन’ उनले भने ‘माओवादीले गणतन्त्र ल्यायो हक अधिकार स्थापित ग¥यो तर गाँसबासका

कुरा,बिर्सेर जाँदा माओवादी प्रतिको आशा भरोसा हराउदै गएकाृे गुनासा आउने गरेका छन’ । अछामको बिनायक नगरपालिका र कमलबजार नगरपलिकाको अभियानलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुन्ती जोशीले हाकी रहेकी छन । उनले सो नगरपालिकाहरुका वडा कमिटी गठन,पार्टी सदस्यता नबिकरण लगाएका कामहरु गरिरहेको बताईन । केही दिन लाग्छ सबैकाम सम्पन्न गरी जनतासंग हातेमालो गर्दै अघी बढने उनको भनाइ छ ।

मेल्लेख गाउँपालिका र साफेबगर नगरपालिकामा माओवादी केन्द्रका केन्द्रीय सदस्य मीनबहादुर कुवरको नेतृत्वमा अभियान संचालन भईरहेको छ । मेल्लेख गाउँपालिकाका सबै वडामा यही भदौ १२ गते बैठक सम्पन्न भईसकेको छ भने सो गाउँपालिकामा पार्टीको पहलमा १५ सय्याको अस्पताल निर्माण,उत्पादनसँग जोडेर उधोग निर्माण, गाउँपालिकाले आफ्नै बस सेवा संचालन लगाएतका थुप्रै कामका बिषयमा जनतालाई अबगत गराउने र जनतसँंग प्रत्यक्ष भेटघाट गरी समस्या समाधान हातेमालो गर्दै अघाडी बढने कुरा भईरहेको नेता कुँवरको भनाइ छ ।
साफेबगर नगरपालिकामा कमिटी नभएको क्षेत्रमा कमीटी निर्माण,बैठक,प्रशिक्षण पार्टी सदस्यता नबिकरणका काम भईरहेका छन’ उनले भने ‘सबै काम सम्पन्न गरी असोज १ गते बाट जनतासँग प्रत्यक्ष जोडिएर जन सेवाका काम अघि बढाउने तयारी भइरहेको छ’ ।

साथसाथै बृक्षारोपण,श्रमदान सरसफाईको कामलाई पनि तीब्रता दिने उनको भनाई छ । अभियानको क्रममा माओवादी बिग्रीयो,युद्धमा दिएका बाचा कसम बिर्सियो,संस्थागत भएर अघि बढ्न सकेन ,हकअधिकार स्थापित गर्न सकेन,सुबिधा भोगी भए ,अराजक हुदै गएको दुख बिर्सिदै गएको गुनासा जनताको रहेको नेता कुँवरको भनाइ छ ।

त्यस्तैगरी चौरपाटी गाउँपालिकामा नेकपा माओवादीका केन्द्रीय सदस्य जंग बिक र तुर्माखाँद गाउँपालिका,ढकारी गाउँपालिकाको अभियानलाई नेकपा माओवादी केन्द्रका प्रदेश सह–सचिव प्रकाश नेपालीले गरेका छन ।