हङकङको तेस्रो विकेटको पतन

धनगढी टुडे समाचार डेस्क

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । हङ्कङको तेस्रो विकेट सोमपाल कामीले लिएका हुन् ।

advertisement

उनले हङ्कङका चौथो नम्बरका ब्याट्सम्यान मार्टिन कोएट्जीलाई २ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । हङ्कङले चार ओभरमा तीन विकेट गुमाएर १४ रन बनाएको छ ।

पहिलो विकेटको रुपमा नेपाली बलर करण केसीले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका हुन् । निजाकत हङ्कङका कप्तान पनि हुन् । त्यस्तै
दोस्रो विकेट पनि करण केसीले नै लिएका हुन् । उनले हङ्कङका अर्का ओपनर ब्याट्सम्यान अंशी राथलाई ७ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् ।

advertisement

खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भइरहेको छ ।