एनपिएल: आज लुम्बिनी र जनकपुर तथा सुदूरपश्चिम र चितवन खेल्दै

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, २३ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज (आइतबार) पनि दुई खेल हुने भएका छन् । पहिलो खेल बिहान ९:१५ बजे र दोस्रो खेल दिउँसो १:१५ बजेदेखि हुनेछ ।

advertisement

पहिलो खेलामा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । लुम्बिनीले जारी एनपीएलमा एक खेल पनि जित्न सकेको छैन । जनकपुर भने अपराजित टोली हो । लुम्बिनीले तीन खेलमा लगातार हार ब्यहोर्दा जनकपुरले लगातार जीत निकालेको छ । आजको खेल हारेको खण्डमा लुम्बिनीको प्लेअफ यात्रा कठिन हुनेछ । त्यसले आजको खेल जित्नै पर्ने दवाव रहेको छ ।

दोस्रो खेलमा अर्को अपराजित टोली सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ । हिजो (शनिबार) भएका खेलमा सुदूरपश्चिमले लुम्बिनी र कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गरेका थिए ।

advertisement