अछाममा छाउ बारेर पालमुनी सुतेकी महिला र बालिकाकाे ढुङ्गा लागेर मृत्युु

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, १३ भदौ । अछाममा महिनावारी बारेर खेतबारीमा पाल टागेर सुतेकाे अवस्थामा ढुङ्गा लागेर दुई जनाकाे मृत्युु भएको छ ।

पञ्चदेवल विनायक नगरपालिका- ८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल टागेर सुतिरहेकाे अवस्थामा खसेकाे ढुङ्गा लागेर ७ वर्षीय बालिका कविता भण्डारी र ३५ वर्षीय निम खनालकाे मृत्युु भएको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जनाकाे घटनास्थलमै मृत्युु भएको हाे । सँगै सुतिरहेकि मृतक बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी भने गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि बारला स्वास्थ्य चाैकि पठाइएको छ ।

बिहीबार उनीहरूलाई महिनावारी भएको पाँच दिन पुगेकाे थियाे । मृतक खनाल र भण्डारी दुवै जना माइतीघरमा आएर छाउ भएपछि त्यहाँ सुतेका थिए ।

भण्डारीकी ७ वर्षीया छाेरी आमाकाे मायाले बिहीबार उनीहरूसँगै त्रिपालमुनी सुतेकी थिईन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
सुदुरपत्रबाट

प्रतिक्रिया

FaceBook Comment Plugins