कैलाली-५ मा नेकपा एमालेबाट ढुङ्गानाको मनोनयन दर्ता

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, ६ माघ । नेकपा एमालेका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा यज्ञराज ढुङ्गानाले उम्मेदवारी दर्ता गरेका छन्। उनले एमालेका उपमहासचिव लेखराज भट्ट तथा पूर्व सांसद नारदमुनि रानालगायत नेताहरूको उपस्थितिमा एमालेबाट उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै ढुङ्गानाले पार्टीको नीति, सिद्धान्त र विकासको एजेन्डालाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए। उनले कैलाली–५ का जनताको अपेक्षा अनुसार विकास, सुशासन र समृद्धिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

ढुङ्गाना नेकपा एमाले कैलालीका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

FaceBook Comment Plugins