एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयेसले कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन चीलाई आग्रह गर्नुभएको छ ।
उहाँले चिनियाँ अधिकारीहरुसँगको छलफललमा कोरोना भाइरसको उत्पत्तिबारे जानकारी गराउन आग्रह गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्वका औषधि उत्पादक कम्पनीहरुले कोरोना भाइरसका नयाँ भेरियन्टविरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रयास गरिरहेका बेला डब्लूएचओ प्रमुखको यस्तो भनाइ आएको हो ।
डब्लूएचओले यसअघि नै चीनसमक्ष लिखित रुपमा कोरोना भाइरसको उत्पत्तिबारे सूचना दिन आग्रह गरेको उहाँको भनाइ छ । कोरोना भाइरस सर्वप्रथम सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान शहरमा देखा परेको थियो ।
यसको महामारीका कारण विश्वभर दशौँ लाख मानिसहरुको ज्यान गइसकेको छ ।