फूलबारीमा आँखा शिबिर सम्पन्न

धनगढी टुडे समाचार डेस्क

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आज  निशुल्क आँखा जाँच शिबिर सम्पन्न भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १८ स्थीत डिपो बजारमा बिहान १०  बजेदेखि सुरु भएको आँखा जाँच शिबिर  साँझ ५  बजेसम्म संचालन भएको थियो ।

advertisement

नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पतालको आयोजना र फूलवारी एकेडेमीको सहकार्यमा  शिबिर संचालन गरिएको  थियो । नेपाल नेत्र ज्योती संघ धनगढीका तर्फबाट सचिब नरेन्द्र राज शर्माको ५ सदस्यीय टोली र  गेटा आँखा अस्पतालका नेत्र अधिकृत  रुद्भराज भट्टको  नेतृत्वमा आएका  ११ सदस्यीय  टोलीले  निशुल्क आँखा जाँच गरेको थियो | शिविरमा  २१८ महिला र १५९ पुरुष गरी जम्मा ३७७ जना आँखाका बिभिन्न रोगीहरुको आँखा जाँच गरी निशुल्क औषधी र सहुलियत दरमा चस्मा उपलब्ध गराइएको थियो |

आँखाका रोगीहरु मध्ये ४८ जनाको अप्रेसन गर्नुपर्ने अवस्था रहेको, बुद्ध मन्दिर आँखा अस्मापतालका अहेब जय बहादुर बुमीले  बताए |  जस मध्ये ४३ जनामा  मोतिबिन्दु  र ५ जनामा आँखामा मासु पलाएको (टेरिजियम) देखिएकोले निशुल्क अप्रेसनका लागि बुद्ध मन्दिर आँखा अस्मापतालमा  रिफर गरिएको छ  ।

advertisement

शिविरबाट धनगढी उपमहानगरपालिका १४, १८, १९, कैलारी गाउँपालिका र सिमावर्ती क्षेत्र सोनाह, नझौटा, सुडा (भारत) का  आँखा  रोगीहरूले  समेत लाभ लिएका थिए । उपचारका लागि टाढा जान नसकेको अवस्थामा यसरी घर- दैलोमा  नै उपचार गर्न पाउँदा निकै नै खुशी छु, आँखा रोगी ८१ वर्षीय नन्द प्रसाद सापकोटाले बताए | खेती स्याहार्ने समय भएकोले गर्दा सबै आँखाका रोगीहरु  चाहाना हुँदा हुँदै पनि शिविरमा आउन  नसकेको हुनसक्ने कुरा फूलवारी एकेडेमीका भाइस – प्रिन्सिपल सुनिल सुबेदीले बताए ।