देशब्यापी रुपमा फागुन १३ गतेबाट सुरु भएको दादुरा-रुबेला रोग विरुद्धको खोप अभियान पुनर्वासमा सम्पन्न भएको छ । कंचनपुरको पुनर्वासमा अभियान अवधिभर लगभग २० हजार वालबालिकाले दादुरा-रुबेला रोग विरुद्धको खोप लगाएका छन् ।
पुनर्वासमा दादुरा-रुबेला रोग विरुद्धको खोप अभियान अन्तर्गत १९ हजार ८ सय ४४ जना वालबालिकाले खोप लगाएको पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले जानकारी दिनुभयो ।
फागुन १३ गते ३ हजार ८ सय ५७, १४ गते ४ हजार ४ सय २९, १५ गते ३ हजार ३ सय ५४ र १६ गते २ हजार ६ सय ९३ जना बालाबालिकाले दादुरा रुबेला रोग विरुद्धको खोप स्वास्थ्य शाखाले जनाएको छ । यस्तै १६ गते २ हजार १ सय ७५, १८ गते १ हजार ४ सय ९१ र २० गते १ हजार १ सय २१ जनाले खोप लगाएका छन् । त्यस्तै २१ र २२ गते क्रमशः ४ सय ७१ र २ सय ५३ गरी अभियान अवधिभर १९ हजार ८ सय ४४ जना वालबालिकाले खोप लगाएको पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले बताउनुभयो ।
अभियानमा ९ महिना देखि ५ बर्ष सम्मका ४ हजार ५ सय २१ र ५ बर्ष देखि १५ बर्ष सम्मका १५ हजार ३ सय २३ गरी १९ हजार ८ सय ४४ जना वालबालिकाले खोप लगाएका छन् । पालीका भित्रका १८ हजार बढी बालाबालिकालाई खोप लगाउने लक्ष्य रहेको भएपनि लक्ष्य भन्दा बढी बालबालीका खोप अभियानमा सहभागी भएको स्वास्थ्य शाखा प्रमुख धामीले बताउनुभयो ।