टि-२० आई सिरिज उपाधिका लागि भोलि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने

धनगढी टुडे समाचार डेस्क

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि भोलि कार्तिक १० गते नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ ।

advertisement

बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपाल, यूएईलाई लगातार तेस्रो पटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा हुने छ । पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेल यता अपराजीत छ ।

यूएई भने नेपालसँग भोगिरहेको पराजयको बदला दिने दाउमा हुने छ । नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल प्रवेश गरेको हो भने नेट रनरेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँगको भेट पक्का गरेको हो ।

advertisement

यसै सिरिजमा हंङकङविरुद्ध कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौं विकेटका लागि १ सय ४५ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । सिरिजमा हालसम्म १ सय ४७ रन बनाएका आसिफ शेख सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् । १० विकेट लिएका करण केसी र ७ विकेट लिएका सोमपाल कामी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दुई स्थानमा छन् । त्यस्तै कुशल मल्ल, कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी राम्रो लयमा खेलिरहेका छन् ।