टि-२० महिला क्रीकेटमा नेपालको खराब प्रदर्शन

धनगढी टुडे समाचार डेस्क

काठमाडौं : हङकङमा जारी महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपाल घरेलु टोलीसँग ५६ रनमा अलआउट भएको छ ।

advertisement

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै मात्र ५६ रन बनाउन सक्यो ।

नेपालले जितका लागि हङकङलाई ५७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

advertisement

सिरिजको पहिलो खेलमा तान्जानियासँग फितलो प्रर्दशन गरेको नेपालले दोस्रो खेलमा समेत गतिलो ब्याटिङ प्रर्दशन गर्न सकेन ।

नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन निरिह रह्यो । नेपालका अन्य कुनै ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

ओपनरद्धय पुजा महतो ४ र सिताराना मगर ९ रनमा आउट भएको खेलमा सम्झना खड्का १ रनमा पोविलियन फर्किएका थिए । कप्तान इन्दु वर्मा र काजल श्रेष्ठ शुन्य रनमा आउट हुदाँ उपकप्तान बिन्दु रावल र कन्चन श्रेष्ठ १ रनमा र अश्मिना कर्मचार्य शुन्य रनमा पोविलियन फर्किएका थिए ।

हङकङकी इकरा सहरले सर्वाधिक ३ विकेट लिईन् । सुचिथा बेन्कटेशले २ विकेट लिएको खेलमा बेट्टी चान, मारिको हिल र केनी चानले समान एक एक विकेट हात पारेका थिए ।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो । सिरिजको फाइनलमा स्थान बनाउन नेपाललाई हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।

नेपालले सिरिजको अन्तिम खेल जापानविरुद्ध खेल्नेछ ।