एसइइ दिएर बसेर विद्यार्थीहरुका लागि धनगढीमा पहिलो पटक विद्युतीय खेलकुद प्रतियोगिता हुने

धनगढी टुडे समाचार डेस्क

धनगढी, १८ चैत्र । कैलालीको धनगढीमा विद्युतीय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । धनगढी ट्रेनिङ सेन्टरको आयोजनामा सुदूरपश्चिममै पहिलो पटक विद्युतीय खेलकुद प्रतियोगिता हुन लागेको हो ।

advertisement

आयोजक धनगढी ट्रेनिङ सेन्टरका अनुसार सुदूरपश्चिम प्रदेशका एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि समयको विकाससँगै प्रविधि क्षेत्रमा सीप तथा ज्ञान अनिवार्य होस् भन्ने उद्देश्य तथा कम्प्युटर युगमा विद्यार्थीहरूलाई कम्प्युटर ज्ञान सम्बन्धी मनोबल उच्च बनाउनका लागि यो प्रतियोगिता गरिन लागिएको हो ।

प्रतियोगितामा लुडो, चेस र कार रेस गरी तीन वटा खेल खेलाइने छ । हाल एसईई परीक्षा दिइरहेका विद्यार्थीहरूले यस प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था रहेको छ।

advertisement

प्रतियोगितामा भाग लिन चाहने विद्यार्थीले यहीँ चैत ३० गतेसम्म आवेदन फाराम भर्नु पर्नेछ ।

आयोजकका अनुसार एउटा विद्यार्थीले एउटा मात्र खेलमा सहभागी हुन पाउने र प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र सहित नगद पुरस्कार सम्मान गरिने तथा खेल सहभागीमध्ये उत्कृष्ट ४० जनालाई निःशुल्क ब्रिज कोर्स पढाइने आयोजकले जानकारी दिएको छ।

यस खेलमा सहभागी हुन विद्यार्थी आफैँ संस्थाको कार्यालयमा उपस्थित भई वा संस्थाको फेसबुक पेज धनगढी ट्रेनिङ सेन्टरमा राखिएको विद्युतीय खेलकुद प्रतियोगिता लिङ्कमा जोडिएर या सिधै त्यहाँ पेजमा राखिएको क्युआरलाई स्क्यान गरेर निःशुल्क रूपमा आवेदन फाराम भर्न सकिने छ।