गौरीगङ्गा नगरपालिकामा एक दिने नि:शुल्क रेबिज बिरुद्ध खोप कार्यक्रम सम्पन्न

धनगढी टुडे समाचार डेस्क

कैलालीको गौरीगङ्गा नगरपालिकामा एक दिने नि:शुल्क रेबिज बिरुद्ध खोप र सो रोगबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

advertisement

नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा)को आयोजनामा गौरीगंगा नगरपालिका- १० को समन्वय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनगढीको सहकार्यमा गौरीगंगा नगरपालिका-१०, उदासिपुर कैलालीमा घर पालुवा तथा सामुदायिक कुकुरहरुमा एक दिने नि:शुल्क रेबिज बिरुद्ध खोप र सो रोगबारे सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

advertisement

नेल्टाका सुदुर पश्चिम् प्रदेश कार्यसमिति सचिब हेमन्त राज जोशी (बाजे)को सभापतित्वमा सप्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका उप-प्रमुख भोज बहादुर बम, विशिष्ट अतिथि गौरीगंगा नगरपालिका- १० का वडा अध्यक्ष नार सिं सार्की, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनगढी कार्यालय प्रमुख डा.हेम अवस्थी लगायत रहनु भएको थियो।

उक्त कार्यक्रममा बोल्नु हुँदै नगर उप-प्रमुखले नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण र रेबिज बिरुद्धको खोप कार्यक्रम लाई बजेट नीति तथा कार्यक्रममै राखेर जनहितमा जुटेको बताए । घरपालुवा तथा सामुदायिक कुकुर रेबिज फैलाउने मुख्य जिम्मेवार मानिने गरेको कारणले रेबिज बिरुद्धको खोप संचालन गरिएको डा.अवस्थीले बताउनु भयो ।

नेपालका पशुपंक्षी पालन गर्दै आएका किसानहरुको सेवामा समर्पित रहेका प्राविधिकहरुको पेशागत हकहित र पशुपञ्छी पालनलाइ व्यवसायीकरणका लागी सक्रिय भएर नेल्टा लागि परेको छ । सो अवसरमा 120 वटा घर पालुवा तथा सामुदायिक कुकुरहरुलाई नि:शुल्क रेबिज बिरुद्ध भ्याक्सिन गरिएको र नगर भित्रका सम्पूर्ण वडाहरुमा उक्त कार्यक्रम संचालन गरिने जानकारी नेल्टा प्रदेश सचिब हेमन्त राज जोशी( बाजे)ले जानकारी दिनु भयो ।

उक्त कार्यक्रमको संचालन नेल्टा सदस्य सत्यराज जोशीले गर्नुभएको थियो ।