डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, २५ मङ्सिर दाङको लमहीमा यात्रुबाहक बस दुर्घटना भएको छ । डडेल्धुराबाट काठमाडौं जाँदै गरेको गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान दाङको लमही नगरपालिका- १ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ ।

घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिए । बसमा ३८ जना सवार थिए ।

पट्टा भाँचिएर बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
Attariya online

प्रतिक्रिया

FaceBook Comment Plugins