कंचनपुरको बेलौरी नगरपालिका-१ मटैयामा आन्तरिक तथा बाह्य परिजिबी नियन्त्रण र रेबिज रोग विरुद्धको खोप शिविर सम्पन्न भएको छ । बेलौरी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा सोमबार बेलौरी-१ मा शिविर सञ्चालन गरिएको हो ।
पशु सेवा शाखाका प्राविधिक दिनेश खनालले आन्तरिक तथा बाह्य परिजिबी नियन्त्रण र रेबिज रोग विरुद्धको खोप शिविर बेलौरी नगरपालिका भरीनै संचालनमा रहेको बताउनुभयो ।
बेलौरी-१ का वार्ड अध्यक्ष धन बहादुर बिष्टले सोमबार भएको शिविरमा ६५ कुकुरलाई रेबिज विरुद्धको खोप लगाईएको बताउनुभयो । यस्तै पशु चौपायामा लाग्ने रोग नियन्त्रणका लागि ७ सय ६० पशु चौपायाका लागि औषधि वितरण गरेको उहाले बताउनु भयो ।