बझाङमा भूकम्पको त्रास कायमै

धनगढी टुडे समाचार डेस्क

बझाङमा भूकम्प गएको छ।

advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२:२२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।

बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि असोज २० गतेसम्म पटकपटक पराकम्पहरु आएका थिए।

advertisement

दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो।

आज पाँच दिनपछि बझाङमा पुनः भूकम्पको धक्का महशुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पबाट भएको कुनै क्षतिको विवरण प्राप्त भएको छैन।