आरसिबीद्वारा पञ्जाब किंग्स चार विकेटले पराजित

धनगढी टुडे समाचार डेस्क

इन्डियन प्रिमियर लिगमा आरसीबीले पहिलो जित निकालेको छ । सोमबार राति भएको आफ्नो दोस्रो खेलमा आरसीबीले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको हो ।

advertisement

पञ्जाबले दिएको १७७ रनको विजयी लक्ष्य आरसीबीले १९. २ ओभरमा ६ विकेटमा भेटायो ।

आरसीबीको जीतको लागि बिराट कोहलीले ७७ रनको अक्रमक पारी खेले । त्यस्तै दिनेश कार्तिकले नटआउट २८, महिपाल लोमरोरले नटआउट १७ रन बनाउँदा रजत पटिदारले १८ र अनुज रावतले ११ जोडे ।

advertisement

पञ्जाबका कागिसो रबाडा र हरप्रित ब्रारले २/२ तथा साम करन र हर्षल पटेलले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेट गुमाएर २० ओभर खेल्दै १७६ रन बनाएको थियो ।

शिखर धवनले ४५, जितेश शर्माले २७, प्रभसिमरन सिंहले २५ र साम करनले २३, शशांक सिंहले नटआउट २१ रन बनाए ।

आरसीबीका मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २/२ विकेट लिए ।