नेपालद्वारा आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित

धनगढी टुडे समाचार डेस्क

पहिलो टी–२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । टियू क्रिकेट मैदानमा एक सय २२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा मात्र चार विकेट गुमाएर पुरा गर्यो ।

advertisement

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३८ रनकोे योगदान दिए । सन्दीप जोराले ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रन बनाए ।

आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एकरएक विकेट लिए ।

advertisement

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले सर्वाधिक ४६ रन बनाए । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ तथा करण केसी र कुशल मल्लले १/ए१ विकेट लिए ।