सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्व, ६२ करोडको बजेट

धनगढी टुडे समाचार डेस्क

धनगढी, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ ।

advertisement

शनिबार आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ हजार (३५ प्रतिशत), पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार (५५.४२ प्रतिशत), अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ २ अर्व ९२ करोड ७० लाख १० हजार (९.५ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ १० करोड (०.३१ प्रतिशत) विनियोजन गरेको जानकारी दिएका हुन ।

प्रदेश सरकारले अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ९९ करोड १९ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने ४ करोड ४० लाख ५५ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्व ७२ करोड रहेको छ ।

advertisement

चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम ६ अर्व १५ करोड ८३ लाख, ससर्त अनुदानबाट प्राप्त हुने ३ अर्ब १३ करोड ३४ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको १ अर्व ४२ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ५५ करोड ६० लाख प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री पालले बताए ।