टिकटकमाथिको प्रतिबन्ध हट्ने निर्णय आज हुन सक्ने सम्भावना

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, ६ भदौ । नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिबन्ध फुकाउन आज (बिहीवार) बस्ने क्याबिनेट बैठकमा पेस गर्ने तयारी गरिएको जनाएको छ ।

advertisement

बिहीवार क्याबिनेट बैठकले फुकाउने निर्णय गरे फेरि देशभर सहज टिकटक चल्ने छ । मन्त्रिपरिषद्को निर्णय गरेसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ ।

नेपालमा टिकटक माथि प्रतिबन्ध पुष्पकमल दाहाल नेतृत्वको सरकारले लगाएको थियो । सरकारले २०८० कात्तिक २७ देखि नेपालमा टिकटक प्रयोगमा बन्देज लगाएको थियो ।

advertisement