धनगढी, १२ भदौ । महिलामाथि हुने असमानता र सामाजिक भेदभावका विरुद्ध महिला शसक्तीकरण र युवा जागरको मुल नारालाई आत्मसात गरि २०५१ सालमा गैर सरकारी संस्थाको रुपमा कैलाली जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको फाया नेपालले, स्थापनाको ३० बर्ष र साधारण सभाका हिसावले २७ औं बार्षीक साधारण सभा भव्य कार्यक्रमका साथ धनगढीमा सम्पन्न गरेको छ ।
विगतमा समान कामको समान ज्याला, छाउपढी प्रथा, मुक्त कमैया, विधुवा महिलाको बाध्यात्मक पहिरन लगायतका सामाजमा व्याप्त हानिकारक अभ्यासका विरुद्ध जवरजस्त अभियान सञ्चालन गरेको यो संस्था ३० वर्षको यात्रामा कैयौ आरोह अवरोह पार गर्दै, बहुक्षेत्रका क्रियाकलापहरु स्वास्थ, शिक्षा,जीविकोपार्जन,विपद्जोखिम न्युनिकरण र महिला सशक्तिकरण, जलबायु परिवर्तनका क्षेत्रमा कार्यहरु गर्दै आएको जानकारि आयोजित कार्यक्रममा प्रस्तुत गरेको छ ।
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिरा सार्की, प्रमुख आतिथी प्रदेशसभा सदस्य माननीय धर्मराज पाठक, विशिष्ठ अतिथी रहेको उक्त कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
प्रमुख अतिथी माननीय मन्त्रि हिरा सार्कीले “फाया नेपाल जस्ता नागरिक संस्थाहरुले समाजका पछिपरेका र पारिएका समुदायका लागि राम्रो कामहरु गरेका छन् । यस संस्थाले प्रस्तुत गरेका कार्यक्रमहरुमा स्वास्थ्यको क्षेत्र, विपद्को क्षेत्र, ज्येष्ठ नागरिकको सवाल र कैदी बन्दीका परिवारहरुको आर्थिक सशक्तिकरणका लागि गरेका प्रयासहरु सारै नै सर्हानीय छन ।” भन्नुभयो । यसै गरी विशिष्ठ अतिथी प्रदेशसभा सदस्य धर्मराज पाठकले “समाजमा नकारात्मकता र निराशा बढ्दो क्रममा छ , जसले गर्दा युवाहरुमा यसको नकारत्मक असरहरु देखिएका छन, देशमा केही हुँदैन भन्ने भाष्य तयार गरेर युवा पलायनको विउ रोपिएको छ । यस्तो अवस्थामा फाया नेपाल जस्ता नागरिक संस्थाहरुले सकारात्मकता जगाउने कार्य गर्नुपर्ने” बताउनु भयो ।
कार्यक्रममा चुरे गाँउपालीकाका अध्यक्ष चक्र्र बहादुर बोगटीले “फाया नेपाल चुरे गाउँपालीकाको भरोसाको साथी बनेको छ । चुरे गाँउपालिका विकट भौगोलिक अवस्थामा छ । यस्तो अवस्थामा पनी स्वास्थ्य सेवा प्रवाह सहज गर्न स्वास्थ्य चौकीको गुणस्तरीय भवन निर्माण गरेर पालीकालाई हस्तान्तरण गरेको छ । आमा र बच्चाको स्वास्थ्य व्यवहार प्रवद्र्धनका सवालमाका निम्ती सामुदायिक सचेतनामा संस्थाले गरेको योगदानको मुक्त कण्ठले प्रशंसा गर्दछु । अन्य गैरसरकारी संस्थाहरुलाइ पनी चुरेमा आउन अनुरोध गर्दछु” भन्नुभयो ।
साधारणसभाको उद्घाटन तथा सामाजिक लेखापरिक्षणको उक्त अवसरमा राष्ट्रीय मानब अधिकार आयोग, युएनडिपी, बल्र्डभिजन, गैर सरकारी संस्था महासंघ लगायतका अन्य संस्था तथा ब्यक्तिहरुले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उद्घाटन समारोह पश्चातको बन्द शत्रमा बार्षिक प्रगती प्रतिवेदनलाई पारित गर्दै आर्थिक बर्ष २०८० र २०८१ को ८ करोड ५० लाख ४ हजार २ सय ९३ बराबरको बास्तविक आय ब्यय विवरण र आर्थिक बर्ष २०८१ र ०८२ को लागि अनुमानित ८ करोड ७५ लाख ३० हजार ३ सय ५९ रुपैंया बराबरको बजेटलाइ पारित गरेको छ ।
महिला तथा जोखिममा रहेका मानिसहरुको सवालहरुमा केन्द्रीत भई स्थापना भएको यस संस्थाले पहिलो पटक महिला अधिकारकर्मी गोमा आचार्यको नेतृत्वमा सात सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । नव निर्वाचित अध्यक्ष गोमा आचार्यले फाया नेपालले विगतदेखि गर्दै आईरहेका कार्यहरुसङ्गसङ्गै सरोकारवाला सबै पक्षहरुसंगको सहकार्यमा महिला शसक्तीकरणका क्षेत्रमा नयाँ उचाईमा पुर्याउने लक्ष्यका साथ काम गर्ने जानकारी गराउनुभयो ।