धनगढी, १६ भदौ । कैलालीको धनगढीबाट सुदर्शन टेलिभिजनले प्रसारण सुरु गरेको छ । राधाकृष्ण मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको टेलिभिजनको शनिवार उद्घाटन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले टेलिभिजनको उद्घाटन गरेका हुन् । कानुन मन्त्री सार्कीले हाल बजारमा भइरहेकोे सञ्चार माध्यमको प्रतिस्पर्धामा सञ्चालनमा आएको बताए ।
सुदर्शन टेलिभिजनले आम जनताका मुद्दालाई सशक्त रुपमा उठाउने विश्वास रहेको पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीले बताएका छन् । लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत रहँदाको अनुभवलाई आगामी दिनमा अझै फरक तरिकाले कार्य गर्ने उद्देश्यले सुदर्शन टेलिभिजनलाई सञ्चालनमा ल्याइएको टेलिभिजनका अध्यक्ष महेशराज बडुले बताएका छन् । पत्रकारिताको आचारसंहिताको पालना गर्दै सुदर्शनले आम जनताको आवाज बोल्ने उनको तर्क थियो ।