सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भुकम्प

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, १६ फागुन । आज बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

advertisement

२ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।

शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।

advertisement