रहेनन् कलाकार सुनिल थापा

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, २४ माघ । कलाकार सुनिल थापाको निधन भएको छ ।

आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।

उनका आफन्त अस्पतालमा आइनपुगेकाले अस्पतालले औपचारिक घोषणा गरेको छैन । स्रोतका अनुसार आफन्त आएपछि मात्रै घोषणा गर्ने तयारी अस्पतालले गरेको छ ।

प्रतिक्रिया

FaceBook Comment Plugins