सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

धनगढी टुडे समाचार डेस्क

धनगढी, २८ जेठ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजि मियाँले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

advertisement

मुख्‍यमन्त्री दीर्घबहादुर सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका थिए ।

यस्तै एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तको भने मन्त्रालय तोकिएको छैन ।एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ७ जनालाई मन्त्री नियुक्त गरेका थिए । सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए । तर, स्वतन्त्र सांसद जोशीले मन्त्री पद अस्वीकार गरेका थिए ।

advertisement

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्‍यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री नियुक्त गरेका थिए ।

तर स्वतन्त्र प्रदेशसभा सदस्य डा ताराप्रसाद जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।

जोशीसहित एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ८ जनालाई मन्त्री नियुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए । तर, जोशीले उक्त मन्त्रालयको जिम्मेवारी नलिने बताएपछि मुख्यमन्त्रीले मन्त्रीहरूको नयाँ सूची प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् । मुख्यमन्त्रीले पठाएको पत्रमा जोशी बाहेकका ७ जनाको नाम उल्लेख गरिएको स्रोतको भनाइ छ ।