धनगढीमा श्रीमानले गरे श्रीमतीको हत्या

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, २४ फागुन । धनगढीमा एकजनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ देवहरियामा गएराति अन्दाजी ३० वर्षीय सरस्वती अवस्थी जाेशीकाे हत्या गरिएकाे प्रहरीले जनाएको छ ।

जाेशीकाे उनकै श्रीमान डम्मरराज जाेशीले हत्या गरेकाे खुलेकाे छ । प्रहरीकाअनुसार पूर्व शिक्षक समेत रहेका जाेशी घटनापछि फरार भएका छन् ।

राति बुवाले आमाकाे हत्या गरेपछि छाेराले छिमेकीलाई खबर गरेका थिए । त्यसपछि करीब १ बजेतिर प्रहरी उनको घरमा पुगेकाे थियाे । उनकाे टाउकोमा कुनै धारिलाे हतियार प्रहार गरेकाे देखिएकाे छ।

अहिले शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । फरार जाेशीको खाेजी भइरहेको छ ।

प्रतिक्रिया

FaceBook Comment Plugins