सात लाख घुससहित पक्राउ परेका वन अधिकृतलाई १५ महिना कैद

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, २७ फागुन । सात लाख ३१ हजार घुससहित पक्राउ परेका डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई एक वर्ष तीन महिना कैद सजाय भएको छ। विशेष अदालतले उनको घुससम्बन्धी मुद्दामा मंगलबार फैसला सुनाउँदै दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ५ साउनमा उनलाई पक्राउ गरेको थियो।

सोही मुद्दामा प्रेमसिंह ठगुन्ना र किसुनसिंह राउदलाई एक एक वर्ष कैद सजाय भएको छ। उनीहरूलाई दामासाहीले प्रतिव्यक्ति दुई लाख ४३ हजार ६६६ रुपैयाँ जरिवाना भएको छ। यादवले ठगुन्ना र साउदसँग घुस लिएका हुन्। उनीहरूकै उजुरीमा अख्तियारले पक्राउ गरेको थियो। तर, विशेष अदालतमा बयान गर्ने क्रममा घुस नभई लेनदेन भएको भनेर बताएपछि अख्तियारले उनीहरूलाई पनि प्रतिवादी बनाएको हो। जसमा उनीहरू पनि दोषी ठहर भएका छन्।
नयाँ पत्रीका

प्रतिक्रिया

FaceBook Comment Plugins