कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी,२८ फागुन । कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरिएको छ । बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश गिरी र भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हिरा नाथलाई बुधबार पक्राउ गरिएको हो।

उनीहरूले भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रेसपत्र

प्रतिक्रिया

FaceBook Comment Plugins