कार्यकर्ता जनताका छोराछोरी लडाएर एमाले नेता भारत घुमघाममा

सुमन श्रेष्ठ

कञ्चनपुर, २९ साउन । आफ्नै निहत्था कार्यकर्ता जनताका छोराछोरी लडाएर एमाले नेता भारत घुमघाममा गएका छन । राष्ट्रिय युवा संघ कञ्चनपुरको १०औँ जिल्ला सम्मेलनमा आएका प्रमुख अतिथि सहितका दर्जनौँ एमाले नेता भारत घुमघाममा गएका हुन । शनिबार राष्ट्रिय युवा संघ कञ्चनपुरको बन्दसेवनमा पाटी कार्यालयमै कार्यकर्ताविच कुटाकुट भएको घटना व्यवस्थापनको साटो मस्ती घुमघाममा भारतको नैनिताल गएपछि उनीहरुको आलोचना भईरहेको छ ।

advertisement

एमाले पोलिट्ब्यूरो सदस्य एव युवा संगठनका इन्चार्ज महेश बस्नेत, एमाले संसद तारालामा तामाङ्ग, पोलिटब्यूरो सदस्य निरुदेवी पाल, केन्द्रीय सदस्य नर बहादुर धामी, कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका पोलिट्ब्यूरो सदस्य नारदमुनी राना सहितका नेता भारतको नैनिताल भ्रमणमा गएका हुन ।

जबकी एमाले पाटी नेतृत्व स्वयम केपी शर्मा ओली वर्तमान सरकारलाई भारतबाट चलेको भन्दै नानाथरीका आरोप लगाउने, तिनै एमाले नेता नेपालमा पयटकिय गन्तव्य हुँदाहुँदै लाखौँ खर्चिन भारत जान उत्साहित भएको भन्दै कार्यकर्ताबाट आलोचना भईरहेको छ ।

advertisement

आफुलाई निकै राष्ट्रवाद देखाउने, स्वाबलम्बी देखाउन अनि पार्टीका संकट परेका बेला भारतमा घुम्ने जाने भन्दै उनीहरु बिरुद्धमा धारणा सार्वजनिक गरिरहेका छन ।

यता कार्यकर्ता एक आपसमा लडाएर कोही कार्यकर्ता घाईते भएर अस्पतालमा छन, कसै बिरुद्धमा बिना कारण प्रहरीमा किटानी जाहेरी दिईएको छ । चुनावमा नेता संसद बन्न कार्यकर्ता प्रयोग गर्ने अहिले आएर आफ्नै कार्यकर्ता लडाएर भारतमा मस्ती भ्रमण घुमघाममा जाने कम्युनिष्ट प्रवृति पुँजिवाद तर्फ उन्मुख भईरहेको एमाले कार्यकर्ताको धारणा रहेको छ ।

कार्यकर्ता संकटमा परेका बेला नेता भारत भ्रमणमा जाने कार्य कम्युनिष्टको आँचरण, नीति, सिद्धान्त बिरुद्धमा रहेकोले आरोप प्रत्यारोप लगाईरहेका छन । नेता भारत नैनिताल घुमघाममा गएको फोटो कार्यकर्ताले समाजिक सञ्जालमा पोष्ट गर्दै यता नेपालमा कार्यकर्ता लडाएर मुन्टो लुकाउन भारत गएको भन्दै नानाथरीका आरोप लगाईरेका छन ।

एमाले कञ्चनपुरका उपसचिव कर्ण बहादुर चन्दले समेत नेताहरु घुमघामा भारतको नैनिताल गएको बताए । ‘खाली घुमघाम गर्न भारत गएका हुन, ‘उनले भने, ‘कार्यकर्ता लडाएर भने होईनन ।’ उपसचिव चन्दले नेताले यता नेपालमा कार्यकर्ता लडाएर भारत भ्रमणमा गएको बजारको निराधार भएको बताए ।

‘बजारमा त के के आउँछ, त्यसको पछि पर्नु हुँदैन, ‘हाम्रा नेताले कार्यकर्ता लडाएर भारत घुम्न गएका भने होईनन, यो त कसैले निराधार रुपमा लगाउने आरोप मात्रै हो ।’