कृष्णपुर नगरपालिकामा जनतासँङ्ग माओबादि बिशेष रुपान्तरण अभियान शुभारम्भ

सुमन श्रेष्ठ

धनगढी :- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय समिती बैठकको निर्णय बमोजिम देशभर शुरु भएको जनता संग माओवादी विशेष रुपान्तरण अभियान एकसाथ शुरु भएको छ। नेकपा ( माओबादी केन्द्र) सुप बाट तोकिएका कमान्ड मा केन्द्रीय कमिटि सदस्यहरु नेप बहादुर थारु (सिंहराज) सुदूरपश्चिम प्रदेश सदस्य पुस्कल चौधरी,भक्ता राना,जगदीश सेट्टी प्रेमबहादुर धानु, कैलाश सुनार,जेष्ठ नागरिक मन्च सदस्य सतिस ढुङ्गाना, जिल्ला समन्वय समिति सदस्य शिव दत्त पन्त, सुरेन्द्र कार्की,नथुराम चौधरी, रामलाल चौधरी वडा अध्यक्ष बाबुराम चौधरी, धर्म बहादुर सिंह, खेमराज चौधरी,लगायतको उपस्थिति भएको थियो। अभियानको बैठकले वडाका कार्यक्रम को तयारी र अभियान टोलि निर्माण गर्दै सम्पन्न भएको छ। बिशेष उपस्थितिमा पालिका कमिटिको बिस्तारित बैठक का बिच तीन महिने अभियान उद्घाटन गरिएको हो। अभियानमा पहिलो चरणमा गाउँ टोल कमिटी भेला, सदस्यता नवीकरण, सहिद परिवार भेटघाट तथा सम्मान, जनताका गुनासा सुन्न घरदैलो अभियान गरिनेछ।
अभियानको विभिन्न चरणमा राजनैतिक , सांगठनिक काम को योजना र प्रदेश, जिल्ला समन्वय समिती र पालिकाका पदाधिकारी एवं सदस्यहरुको कार्य बिभाजन गरिएको छ।
आज बिहान ९ बजे माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डद्वारा भर्चुअल माध्यम बाट देशभर एकै साथ जनता संग माओवादी विशेष रुपान्तरण अभियान उद्घाटन गरिएको थियो।

advertisement