बाजुराः बडिमालिका नगरपालिका वडा न. ७ का वडा अध्यक्ष धर्मराज पाध्याय सहित वडाका अन्य जनप्रतिनिधि र स्थानीयले श्रामदान गरेर खानेपानी मुहान मर्मत गरका छन् । जनप्रतिनिधि र स्थानीयले सयक्त रुपमा बाढीका कारण अवरुद्ध भएको खानेपानीको मुहान मर्मत गरेका हुन् ।
वडा न. ७ मा रहेको खम्म टोलमा यहिँ श्रावढा ७ गते बाढिले बगाएको खानेपानी मुहान मर्मत गरिएको वडा अध्यक्ष धर्मराज पाध्याले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी गराएका छन् । अध्यक्ष पाध्यायका अनुसार सो वडामा जनप्रतिनिधि समेत सहभागी भई प्रत्यक महिनाको महिना २ दिन सामाजिक कार्य गर्ने भन्ने निर्णय नै गरेर काम सुरु गरेको बताइएको छ । वडाका वडा सदस्यहरु, ढम्कने, विबेकशिल र रजातोलि टोल टोलका संयोजक सचिवहरुको नेतृत्वमा काम सरु गरिएको हो ।
बिहिवार खानेपानीको मुहान मर्मत कार्यमा वडा अध्यक्ष पाध्याय आफै सहभागी भएका थिए । सामाजिक कार्यमा निश्वार्थ सहयोग गर्ने र सक्रिय रुपमा का गर्ने सबैलाई अध्यष पाध्याले धन्यवाद समेत दिएका छन् । स्थानीयको सामाजिक काम प्रतिको यो लागव प्रति अध्यक्ष पाध्याले खुसी व्यक्त गरेका छन् । वडा अध्यक्ष पाध्यायले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् , समुदायको विकास जब सम्म समुदायले हाम्रा लागि हो भनेर अपनत्व गर्दैन तब सम्म विकास सम्भव हुँदैन यस अभियानमा सहभागि हुने अवसर प्राप्त भएको मा खुसी छु । बडीमालिका ७ का स्थानीयले श्रमदान गर्ने कामलाई निरन्तरता दिएका छन् ।सरस्वती टोल बिकास समितिको आयोजनामा गरिएको श्रमदानको आज चौँठो दिन हो । वडाका जनप्रतिनिधि सहित करिब ३२ जना भन्दा बढी स्थानीयको उपस्थितिमा खानेपानीको मुहान मर्मत गरिएको हो ।