सुदुरपश्चिम प्रदेशमा निजी स्तरको लगानीबाट सञ्चालित नवजीवन अस्पतालले आज १८औँ वर्ष पुरा गरेको छ। धनगढी-४, उत्तर बेहडीमा रहेको नवजीवन अस्पताल २०६२ साल फाल्गुन १७ गते स्थापना भई हालसम्म निरन्तर विषेशज्ञसहित स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
आफ्नो स्थापनाकाल २०६२ सालमा १५ शैयाको स्वीकृति लिई सन्चालन गरेको अस्पतालले २०६८ सालमा स्वास्थ्य सेवा विभागबाट ५० शैयाको सञ्चालन स्वीकृति लिएको थियो भने २०७९ असोजदेखि १०० शैयाबाट उपचार सेवा प्रदान गरिरहेको छ । १०० शैयाबाट उपचार सेवा प्रदान गरिरहेको अस्पताललाई थप २०० बेडमा लैजाने योजना रहेको मेडिकल डाइरेक्टर डा. बिदुरमणी ढकालले जानकारी दिए।
निजी लगानीबाट सञ्चालन भएको अस्पताल भएता पनि यसले सामाजिक उत्तरदायित्व अनुरुप नेपाल सरकारसङ्गको सहकार्यमा ठुला(साना गरी स्थापना कालदेखि नै ठुलो संख्यामा स्वास्थ्य शिविर संञ्चालन गर्दै आएको जनाएको छ। अस्पतालले आमा सुरक्षा कार्यक्रम, क्षयरोगको विरामीको निशुल्क औषधी वितरण लगायतको कार्य गर्दै आएको जनाएको छ ।
यस्तै नवजीवन अस्पतालले २० भन्दा बढी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिए। स्वास्थ्य उपचार सहितको सेवा थपिदै गएको नवजीवन अस्पतालमा विरामीको पनि आकर्षण बढ्दै गइरहेको छ ।
नवजीवन अस्पतालबाट पछिल्लो एक वर्षमा ५२ हजार ६ सय ३७ विरामीले सेवा लिएको जनाइएको छ । जस अनुसार आर्थिक बर्ष २०७९ फाल्गुण देखी २०८० माघ मसान्त अवधीमा इमरजेन्सीबाट ४ हजार ९ सय ५४ जना विरामीले उपचार सेवा पाएका छन्।
यस्तै बहिरंगबाट ३० हजार ३ सय ४६ बिरामी, अन्तरंगबाट ४ हजार ५१३, शल्यक्रिया (मेजर, ईन्टरमिडियट, माईनर)बाट २ हजार १३०, निः शुल्क सुत्केरी सेवा लिएका १ हजार ४६३ बिरामीले सेवा लिएका छन् ।
यस्तै निःशुल्क खोप सेवा लिएका वालवालिकाको संख्या २ हजार ८९४ जना, जेष्ठ नागरिक,अति विपन्त, गरिव ५ सय ७५ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन्।
यस्तै अस्पताल भित्र तथा विभिन्न स्थानमा संचालित स्वास्थ्य शिविर मार्फत विरामीले निःशुल्क सेवा लिएको बताइएको छ। श्रीपुर स्वास्थ्य चौकी, बेलौरी कंचनपुरसंग सम्झौता गरी २ हजार १५० जनाले निःशुल्क विशेषज्ञ सेवा पाएका छन्। त्यस्तै गौरीगंगा नगरपालिका चौमालासंग सम्झौता गरी चौमाला र मसुरिया स्वास्थ्य चौकीबाट ८ सय ५५ जनाले निःशुल्क विशेषज्ञ उपचार सेवा, लायन्स क्लब अफ धनगढी सिटी, धनगढी एभरेष्ट, धनगढी भिजनसंगको सहकार्यमा अमरबस्ती कंचनपुरबाट ७१ जनाले निःशुल्क विशेषज्ञ उपचार सेवा, अस्पताल परिसर भित्रबाटै नियमित रुपमा प्रदान गरिएको निःशुल्क विशेषज्ञ, अन्तरंग तथा अन्य सेवा लिने विरामीको संख्या २ हजार ४४ जना रहेको अस्पतालले जनाएको छ ।
अस्पतालबाट प्रदान भइरहेका २० भन्दा बढी स्वास्थ्य सेवामा प्रत्येक दिन बरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ, प्रसुती तथा महिला रोग, बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन, मानसिक तथा स्नायु, पेट छाती तथा मुटुरोग बिशेषज्ञ प्रत्येक दिन रहेका छन्। यस्तै वरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा,बरिष्ठ छाला चर्मरोग,एलर्जी,यौन गुप्तरोग तथा सौन्दर्य बिशेषज्ञ,नाक कान तथा घांटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल प्रत्येक दिन सेवा प्रदान गरिरहेको छ ।
वरिष्ठ न्युरो सर्जन, स्पाईन सर्जन, दन्तरोग तथा वरिष्ठ म्यावजोफिशियल सर्जन, वरिष्ठ फिजीयोथेरापिष्ट प्रत्येक दिन, वरिष्ठ नेफ्रोलोजि, डायलासिस विषेशज्ञ हरेक शुक्रबार र शनिवार प्रदान गरिरहेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डि एम कार्डियोलोजी महिनाको १ पटक २ दिनसम्म काठमाण्डौँका प्रतिष्ठत अस्पतालबाट तथा वरिष्ठ भास्कुलर सर्जनको टोलीबाट प्रत्येक महिनाको १ पटक २ दिनसम्म ओपिडी तथा फिष्टुलाको शल्यक्रिया, रेडियोलोजी सेवा अन्तरगत सिटी स्क्यान,फोर डि युएसजी इसिएचओ,टिएमटी, इन्डोस्कोपी र इसिजी प्रत्येक दिन,आइसियु एनआइसियु एसी क्याविन, डायलासिस प्रत्येक दिन आफ्नै २४ सै घण्टे फार्मेसी सेवा, एम्बुलेन्स सेवा र इमरजेन्सी सेवा २४ सै घण्टा उपलब्ध रहेको जानकारी गराएको छ।
आगामी दिनमा थप सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ। नवजीवन अस्पतालले आज १८औँ बर्ष पुरा गरेको अवसरमा विरामीलाई फलफुल वितरणका साथै रक्तदान कार्यक्रम समेत गरेको छ । साथै अस्पतालबाट आजदेखि विपन्न परिवारको विरामीलाई नेपाल सरकारबाट सुविधा प्राप्त निःशुल्क डायलाइसिस् सेवा प्रदान गरिने बताइएको छ। विपन्न परिवारको विरामी सहितको सिफारिस ल्याएमा निशुल्क उपचार सेवा समेत प्रदान गरिने भएको छ ।