असोज १८, धनगढी : अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका बुबा टोप बहादुर श्रेष्ठको ५१ बर्षको उमेरमा सोमबार विहान निधन भएको हो । रोजगारीका लागि भारतको पञ्जाव रहेका उनको त्यहिं निधन भएको हो ।
भारत पुगेका सहकर्मी हरि तिवारीका अनुसार सुदर्शन श्रेष्ठसहित परिवारका सदस्यहरु पञ्जाव पुगेपछि बुधवार विहान स्वर्गीय श्रेष्ठको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । अघिल्लो दिन सामान्य ज्वरो आएका श्रेष्ठको भोलि विहान अकस्मात निधन भएको परिवारले जनाएको छ । उनी बिगत २५ बर्षदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थिए । स्वर्गीय श्रेष्ठका श्रीमती, एक छोरी र दुई छोरा छन्।
अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठलाई परेको पितृशोक प्रति धनगढी टुडे डटकम शोक प्रकट गर्दछ ।