अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेहरू पक्राउ

धनगढी टुडे समाचार डेस्क

काठमाडौं : अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्नेहरूलाई आइतवार पक्राउ गरेको हो ।

advertisement

पक्राउ पर्नेममा रामेछाप घर भई ललितपुर बस्दै आएका २७ वर्षीय छत्रबहादुर रोक्का, औखलढुङ्गा घर भई काठमाडौं कालोपुल बस्दै आएका ४४ वर्षीय सेके सार्की, सल्यान घर भई हाल बालाजु बस्दै आएका २५ वर्षीय शिवराज परियार र नुवाकोट घर भई काठमडौं वडा नम्बर २६ बस्दै आएका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।

कार्यालयका अनुसार आरोपी व्यक्तिहरूले काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायत विभिन्न स्थानहरुबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

advertisement