धनगढीको फूलबारीमा सांस्कृतिक महोत्सव तथा खुल्ला डेउडा प्रतियोगिता हुने

धनगढी टुडे समाचार डेस्क

धनगढीको फूलबारी ए गाउँमा सुदूरपश्चिम लोक सांस्कृतिक महोत्सव तथा प्रादेशिक खुल्ला डेउडा प्रतियोगिता हुने भएको छ ।

advertisement

धनगढीमा आज पत्रकार सम्मेलन गर्दै आगामी पौष २५ गते देखि २९ सम्म धनगढी-१८, फूलबारी ए गाउँमा रहेको एन एस स्टेडियममा सुदूरपश्चिम लोक सांस्कृतिक महोत्सव तथा प्रादेशिक खुल्ला डेउडा प्रतियोगिता हुने जानकारी दिए ।

महोत्सवमा भुवो, पञ्चेवाजा, सखिया, मारुनी, तामाङ सेलो र चर्चित र्रााष्ट्रय डेउडा कलाकारका सांगितिक प्रस्तुतिलगायत विविध संस्कति झल्किने आकर्षक कार्यक्रम रहने उनले बताए ।

advertisement

सुदूरपश्चिमका ९ वटै जिल्लाका र कर्णाली प्रदेशका टिम सहित सहभागी हुन पाउने गरी प्रतियागिता आयोजना गरिएको आयोजक समितिले जानकारी दिएको छ ।

सुदूरपश्चिमको भाषा, कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्का साथ डेउडा प्रतियोगिता आयोजना गरिन लागेको सुदूरपश्चिम लोक सांस्कृतिक समाजका अध्यक्ष तिलक बहादुर ओलीले बताए ।

प्रतियागिताको प्रथम पुरस्कार नगद ४० हजार, द्वितीय पुरस्कार नगद २५ हजार, र तृतीय पुरस्कार नगद १० हजार सहित प्रमाणपत्र रहेका सुदूरपश्चिम लोक सांस्कृतिक समाजका अध्यक्ष ओलीले बताए ।

डेउडा प्रतियोगितामा सहभागी हुने समूहलाई रु १ हजार दर्ता शुल्क रहेको आयोजकले बताए । डेउडा समुह पुस १३ देखि २४ गते बेलुकी सम्म दर्ता गर्न सकिने अध्यक्ष ओलीले बताए ।