एनप्याब्सन कैलालीको नवौँ अधिवेशन हुने भएको छ ।
गोदावरी नगरपालीका वडा नम्बर ४ स्थित ग्रीन गोदवारी रिसोर्टमा भोली शनिबार एनप्याब्सन कैलालीको नवौँ जिल्ला अधिवेशन हुन लागेको हो ।
जिल्ला अधिवेशनको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट बहादुर साउदले उद्घाटन गर्ने कार्यक्रम रहेको एनप्याब्सन कैलालीका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद चापागाईले जानकारी दिए ।
उनका अनुसार सो सम्मेलनमा निजि विद्यालयहरुले भोग्नु परेका समस्याबारे छलफल गरिने छ । उनले देश संघियतामा गइसकेपछि संघीय सरकारले बनाउन लागेको शिक्षा ऐन, स्थानीय तहबाट भोग्नुपरेका विभिन्न समस्याबारे छलफल गरिने बताए ।
एनप्यावसनका केन्द्रीय सचिव धर्मराज रेग्मीले वर्तमान सुहाउँदो शिक्षा ऐन ल्याउन जरुरी रहेको बताए । सरकारले नीजि र सामुदायिक विद्यालयलाई फरक दृष्टिकोणबाट लिइरहेको उनको भनाई छ ।