त्यो निर्दोष युवा

धनगढी टुडे समाचार डेस्क

लेखक: रिमनाथ खत्री
सिस्ने-3, रुकुम (पुर्ब)
कठै मेरो देश
बाध्यताले बिदेशिने सपना बोकेर
खाली हात राजधानी छिरेको
त्यो निर्दोष युवा
त्यो कलिलो युवा
देशको गोलि बोकेर
पशुपतिको आर्यघाटमा अस्तायो।

advertisement

उड्यो त
आखिर सपना सबैको उड्यो
परिवारको सबै आशा भरोसा उड्यो
उ मृत्यु उपहार दिएर
धुवाँ बनेर उड्यो
देशको रेमिटेन्स भित्र्याउने सपना उड्यो
आमाको च्यातिएको चोली फेर्ने सपना उड्यो
बाउको साहुको ऋण तिरेर
शान्तिको सास फेर्ने सपना उड्यो
घरको चुहिने छाना फेर्ने सपना उड्यो
भाईको हिम्मत उड्यो
बाच्ने साहास उड्यो
दिदिको माइती उड्यो
उनिको हंश उड्यो
सिउदो रंगाउने सपना उड्यो
साथिको मन टुट्यो
यो देशमा बाच्ने सपना उड्यो
छिमेकिको जन्ती उड्यो
मलामी उड्यो
उ आफै खम्बा थियो
खम्बा नै ढली गयो त
बाँकी के नै रहन्थ्यो र,

घट्यो नि
देशको बेरोजगारी घट्यो
कोरियाको कामदार घट्यो
मिसन चौरासीको भोट घट्यो
परिवारको संख्या घट्यो
आमाको सन्तान घट्यो
साथिको प्रेरणा घट्यो
प्रहरिको शत्रु घट्यो
घट्न त कति घट्यो कति
यस्ता कति घटे कति
न्याय मरेको देश हो
यो रोकिदैन
यो चलिरहन्छ।

advertisement