पुनर्वास नगरपालिकाले आयोजना गर्न लागेको सातौ संस्करणको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि श्री बागिस्वरी माविमा सञ्चालन हुने भएको छ । बिहिवार श्री बागिस्वरी मा.वि.मा आयोजना गरिएको पत्रकार सम्मेलनमा सातौ संस्करणको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि बागिस्वरी मा.वि.मा सञ्चालन हुने जानकारी गराईएको थियो ।
२०८० पौष २० देखि २२ सम्म आयोजना गरिने उक्त रनिङ शिल्ड प्रतियोगितामा पुनर्वासका सामुदायिक तथा निजि माध्यमिक तहका २५ बिद्यालय सहभागी हुने आयोजक पुनर्वास नगरपालिका योजना शाखा प्रमुख शंकर बोगटीले जानकारी दिए ।
शुक्रबार बिहान ८ बजेदेखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र/छात्रा भलिबल , कवडी , दौड (ट्रयाक) १०० , २०० ,. ४०० , ८०० , १५०० , ३००० मिटर तथा ४०१०० , ४०४०० मिटर छात्र , छात्रा रिले दौड प्रतियोगिता हुने जनाईएको छ । त्यसैगरी उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ छात्रः हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ ब्रो ८०० ग्राम, सटफुट १२ पाउन्ड रहेका छन् ।
छात्रा: हाइजम्प, लडजम्प, त्रिपलजम्प, ज्याभलिड थ्रो ६०० ग्राम र सटफुट ८ पाउन्ड रहने छ भने, मार्सल आर्ट तर्फः कराँते छात्रः ४२ केजी, ४७ केजी, ५२ केजी, । ‘५७ केजी, तथा ‘६२ केजी, रहनेछ । प्रतियोगि खेलाडीलाई मेडल, प्रमाणपत्र प्रदान गरिने छ भने प्रतियोगितामा सहभागी बिद्यालयलाई नम्बर तथा खेल बिधाको आधारमा शिल्ड पुरस्कृत गरिने आयोजकले जनाएको छ । बिहिवार भएको पत्रकार सम्मेलन कार्यक्रमको सभापतित्वमा पुनर्वास नगर स्तरीय खेलकुद विकास समिति अध्यक्ष बलबहादुर तामाङ्ग रहेका थिए ।
अतिथिमा पुनर्वास नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत गणेश सिंह ऐरी, पुनर्वास जनता मा.वि.का प्रधानअध्यापक मानबहादुर तामाङ , सरस्वती माविका प्रध्यानाध्यापक जितेन्द्र पौडेल, लगायत विभिन्न बिद्यालयका शिक्षकशिक्षिका सहभागी रहृका थिए । कार्यक्रमको सञ्चालन आयोजक बिद्यालय श्री बागिस्वरी मा.वि.का प्रधानाध्यापक डिल्ली प्रसाद शर्माले गरेका थिए ।