प्रधानमन्त्री कप क्रीकेट: सुदूरपश्चिमको विजयी सुरुवात

धनगढी टुडे समाचार डेस्क

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ।

advertisement

आज भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले घरेलु टिम लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्‍यो।

लुम्बिनीले दिएको १५९ रन लक्ष्य सुदूरपश्चिमले २९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। सुदूरपश्चिमका लागि शेर मल्लले नटआउट ४२ रन र नारायण जोशीले नटआउट २८ रन जोडे।

advertisement

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै १५८ रन मात्रै जोड्न सक्यो । लुम्बनीका लागि प्रज्वल थापाले सबैभन्दा बढी ४२ रन जोडे । बलिङमा सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए भने भोजराज भट्ट र नरेश साउदले २-२ विकेट लिए।